औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रभित्र गोदाम र भवनको ५-५ गुणा र जग्गाको १४ गुणा भाडा बढाएको छ । यसअनुसार उद्योगीहरूले बाजालु औद्योगिक क्षेत्रमा प्रतिरोपनी जग्गाको वार्षिक रू. ७० हजार ९ सय ५२ रुपैयाँ तथा पाटन र भक्तपुर औद्योगिक क्षेत्रमा रू. ४७ हजार ३ सय ६ भाडा तिर्नुपर्नेछ । जब कि यसअघि ती क्षेत्रहरूमा क्रमशः ५ हजार ६८ र ३ हजार ३ सय ७९ रुपैयाँ भाडा तिरे पुग्थ्यो । वास्तवमा यति धेरै भाडावृद्धिलाई अचाक्ली नै मान्नुपर्छ । विगत ४ वर्षदेखि भाडावृद्धि हुन नसकेको अवस्थामा औद्योगिक क्षेत्रको भाडा वृद्धि गर्नुलाई स्वाभाविक नै मान्नुपर्छ । तर, उद्योगीलाई एकैचोटी यति ठूलो भार थपिने गरी गरिएको भाडावृद्धिलाई भने उचित मान्न सकिन्न ।
सम्पादकीय बाट वर्ष ८, अंक ६८, सोमवार १० मङ्सिर, २०६९