काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर एक सय ३४ रुपैयाँ २३ पैसा र विक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरीददर एक सय ४५ रुपैयाँ ८२ पैसा र विक्रीदर एक सय ४६ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरीददर एक सय ७४ रुपैयाँ २६ र विक्रीदर एक सय ७५ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरीददर एक सय ५४ रुपैयाँ ९७ पैसा र विक्रीदर एक सय ५५ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरीददर ८८ रुपैयाँ ११ पैसा र विक्रीदर ८८ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरीददर ९६ रुपैयाँ ३९ पैसा र विक्रीदर ९६ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरीददर एक सय एक रुपैयाँ ५३ पैसा र विक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरीददर आठ रुपैयाँ ७९ पैसा र विक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरीददर १८ रुपैयाँ ८५ पैसा र विक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरीददर ३५ रुपैयाँ ७४ पैसा र विक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरीददर ३६ रुपैयाँ ८२ पैसा र विक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरीददर तीन रुपैयाँ ९७ पैसा र विक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरीददर ३६ रुपैयाँ ५४ पैसा र विक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरीददर ३० रुपैयाँ ६५ पैसा र विक्रीदर ३० रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरीददर नौ रुपैयाँ ७४ पैसा र विक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरीददर १२ रुपैयाँ ५४ पैसा र विक्रीदर १२ रुपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरीददर १९ रुपैयाँ ५५ पैसा र विक्रीदर १९ रुपैयाँ ६३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरीददर १७ रुपैयाँ २७ पैसा र विक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरीददर चार सय ३७ रुपैयाँ ८६ पैसा र विक्रीदर चार सय ३९ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरीददर तीन सय ५६ रुपैयाँ ०२ पैसा र विक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरीददर एक सय ६० रुपैयाँ र विक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस