काठमाडौं। क्लोजअप नेपालले भ्यालेन्टाइन डेको अवसरमा आफ्नो ‘नजिक आउ’ डिजिटल अभियानलाई निरन्तरता दिएको बताएको छ । यस अभियानको लक्ष्य आपसी आकर्षणलाई सामीप्यमा बदल्न प्रोत्साहन गर्नु रहेको बताइएको छ । क्लोजअपले हरेक व्यक्तिलाई आत्मविश्वासका साथ आफ्ना प्रियजनसँग नजिक हुन सधैं प्रेरित गर्दै आएको कम्पनीले बताएको छ ।
‘नजिक आउ’ डिजिटल अभियानले रोचक वेब सिरिजको शुरुआत गरेको बताइएको छ, जसमा दर्शकले चार विभिन्न कथाको निष्कर्ष निर्धारण गर्न सक्ने कम्पनीको भनाइ छ । दर्शकले यी कथालाई कसरी अगाडि बढाउने भनेर कमेन्ट गर्न सक्ने र चयन गरिएका कमेन्टबाट कथालाई निष्कर्ष दिइने बताइएको छ । त्यस्तै दैनिक क्वीज र आफ्ना विशेष मान्छेलाई लभ नोट लेख्न सकिने बताइएको छ । उत्कृष्ट १०० लभ नोट्स नेपाल भरिका प्रमुख बिलबोर्डमा प्रदर्शन हुने र तीन भाग्यशाली सहभागीले काठमाडौं उपत्यकाको पाँचतारे होटलमा प्रियजनसँग एक्सक्लुसिभ लक्जरी डिनर डेट र स्पा अनुभवसहित क्लोजअपबाट आकर्षक उपहार जित्न सक्ने बताइएको छ ।