काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी भएको छ । उक्त समझदारी अनुसार बैंकले बीवाइडी ब्राण्डका विद्युतीय सवारीसाधन खरीद गर्न चाहने ग्राहकले आवश्यक कागजात तथा विवरणसहित निवेदन दिए नियमानुसार तीन कार्यदिनभित्र सवारीसाधन कर्जा प्रवाह गर्ने बताइएको छ । ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न व्यक्तिगत प्रयोजनका सवारीसाधनलाई न्यूनतम् ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको बैंकले जानकारी दिएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.