काठमाडौं । एनएमबि बैंकले एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट यूएसएड सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम र लघु, साना तथा मझौला उद्यमहरूको वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा एनएमबि क्युआर लोन बारे जानकारीका साथै पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको महत्त्व र व्यवसायको वृद्धि तथा दिगोपन वृद्धि गर्न उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा विभिन्न उद्योगका ८० भन्दा बढी उद्यमीहरू सहभागी भइ सक्रिय रूपमा छलफलमा संलग्न भएका थिए।
आगामी दिनमा बैंकले अन्य प्रदेशहरूमा पनि यस्ता चेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने प्रतिबद्धता जनाएको छ। एनएमबि बैंकले हाल देशभरिका २०१ शाखाहरू, १८७ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।