काठमाडौं (अस) । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग अलिपे प्लस नेटवर्क प्रयोगकर्तालाई सहज रूपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशबाट नेपाल आएका पर्यटक र अलिपे प्लस प्रयोगकर्ताले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टरओपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । यस सहकार्यले नेपालमा पर्यटकलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रवद्र्धन गर्ने उद्देश्य राखेको बताइएको छ । बैंकले १३४ कार्यालय तथा १२५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।