काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर लिमिटेडले छैटौं वार्षिक साधारण सभा यही पुस २२ गते गर्ने भएको छ । सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे गर्ने कम्पनीले जनाएकाे छ ।
सभाले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ०२६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।
यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।