काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो चैमाससम्म ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४० दशमलव १८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १० करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज रकम घटेकाले खुद नाफा बढ्न पुगेको हो ।
गत वर्ष १२ करोड ९८ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष ८ करोड ५८ लाख रुपैयाँ मात्र रहेको हो । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ८ करोड ८७ लाख रुपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ६१ करोड ८९ लाख रुपैयाँ छ भने रिटर्न अर्निग र जगेडा कोष समेत ६२ करोड ९१ लाख रुपैयाँ कायम छ । कम्पनीले तेस्रो त्रैमाससम्म ३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्दा ९ अर्ब ७० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ४ दशमलव ११ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ४ दशमलव ४८ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ३९ पैसा रहेकोमा प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ६६ पैसा छ ।