काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटमा लगानी दशक घोषणा गर्न सरकारलाई सुझाव दिएको छ ।
महासंघले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेट छलफल कार्यक्रममा सरकारलाई उक्त सुझाव दिएको हो ।
‘कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव २ प्रतिशत मात्रै वैदेशिक लगानी आएको छ । यस्तो अवस्थामा सबै क्षेत्रलाई समेट्ने गरी आउँदो बजेटमा २०८२–९२ लाई लगानी दशक घोषणा गरी स्थायित्वमा विशेष ध्यान दिनुपर्छ,’ आगामी आवको बजेटबारे महासंघले दिएको सुझावमा उल्लेख छ ।