काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलवार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलवार कारोबार भएको प्रतितोला २ हजार १६५ रुपैयाँमा नै बुधवार चाँदी कारोबार भइरहेको हो । आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ६४ हजार १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८ सय ५६ रुपैयाँ कायम भएको छ ।