काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिोला ९०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको हो । मंगलवार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २ हजार २२५ रुपैयाँ कायम भएको हो । मंगलवार २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार प्रतितोला ६५ रुपैयाँले बढेको हो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ६७ हजार ९५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ७ रुपैयाँ ५० पैसा कायम भएको छ ।