काठमाडौं । बिहीवार (आज) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधवार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर प्रतितोला २ हजार १७५ रुपैयाँ पुगेको हो । बुधवार चाँदी प्रतितोला २ हजार १४० रुपैयाँ कायम थियो । महासंघका अनुसार बिहीवार १० ग्राम चाँदीको मूल्य १ हजार ८६४ रुपैयाँ ५० पैसा र प्रति १० ग्राम सुनको मूल्य १ लाख ६४ हजार ८६५ रुपैयाँ तोकिएको छ ।