काठमाडौं । आज (बुधवार) पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।
बुधवार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई छ । मंगलवार पनि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंंगलवार २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार भने प्रतितोला २ हजार १४० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको हो।