काठमाडौं । बिहीवार नेपाली बजारमा सुनचाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीवार छापावाल सुनको मूल्य तोलाको १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधवार यो मूल्य प्रतितोला १ लाख ९५ हजार ९०० रुपैयाँ कायम थियो । यस दिन चाँदी प्रतिातोला २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । बिहीवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ६७ हजार ६१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८ सय ८६ रुपैयाँ कायम भएको छ ।