काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार प्रतितोला ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रवार प्रतितोला १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला २ हजार १६५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि त्यसको असर देखिएको महासंघले जानकारी दिएको छ । शुक्रवार प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८५६ रुपैयाँ र प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६२ हजार ३८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।