काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रिमियर इन्स्योरेन्स,नेपाल इन्स्योरेन्स,मेरो माइक्रोफाइनान्स लघुवित्त र सोल्टी होटलको बोनस शेयर सूचीकृत भएको हो ।
प्रिमियर इन्स्योरेन्स कम्पनीको १७ लाख ४९ हजार ४५१ कित्ता बोनस शेयर,नेपाल इन्स्योरेन्सको ११ लाख ५७ हजार ६९६ कित्ता, मेरो माइक्रोफाइनान्सको १२ लाख कित्ता र सोल्टी होटलको ४२ लाख १३ हजार ५३३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी चार ओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
प्रिमियर इन्स्योरेन्सले पुस २९ गते समपन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यस्तै दोस्रोमा नेपाल इन्स्योरेन्सले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर, मेरो माइक्रोफाइनान्सले माघ ६ गते समपन्न १० प्रतिशत बोनस शेयर र सोल्टी होटलले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।