काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा सोमवार (आज) अपराह्न पुग्दा ‘महाराजा’ र ‘महारानी’ नामका बाघ पानीमा रमाइरहेका थिए । ‘प्रताप’ र ‘जगाती’ नामका बाघ भने बासस्थान वरपर घुमिरहेका थिए । यी दृश्यलाई नजिकैबाट नियाल्दै थिए चिडियाखानामा पुगेका सर्वसाधारणहरू ।
त्यसो त आज मात्रै होइन, हरेक दिन चिडियाखानामा बाघ हेर्नेको भीड हुने गरेको छ । अन्तरराष्ट्रिय बाघ दिवसमा आज चिडियाखानामा बाघका विभिन्न 'पोज' तस्वीरमा कैद गरिएको छ ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान