चीन । चीनको केन्द्रीय बैंकले मध्यम अवधिको ऋणको ब्याजदर घटाएको छ । पिपुल्स बैंक अफ चाइना (पीबीओसी)ले मध्यमकालीन ऋणको ब्याजदर २.३० प्रतिशतबाट २ प्रतिशतमा झारेको हो ।
पीबीओसीले एक वर्षको मध्यमकालीन ऋण सुविधा (एमएलएफ)अन्तर्गत वित्तीय संस्थाहरूलाई दिएको ३ खर्ब युआन (४२.६६ अर्ब अमेरिकी डलर)मा नयाँ ब्याजदर लागू हुनेछ ।
नीतिगत सहज बनाउने उपायअनुरूप मध्यम अवधिको ऋणको ब्याजदर घटाइएको त्यहाँको केन्द्रीय बैंकले जनाएको छ । चीनको केन्द्रीय बैंकले त्यसको एक दिनअघि व्यापक नीतिगत सहजताका उपाय अपनाउने घोषणा गरेको थियो । एजेन्सीको सहयोगमा