काठमाडौं । नेपाली बजारमा मंगलवार (आज) सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार १ लाख ६५ हजारमा कारोबार भएको सुनको मूल्य मंगलवारको लागि १ लाख ६२ हजार ६०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । सोमवार १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवारको लागि १ हजार ९२५ रुपैयाँ कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ । अन्तरराष्ट्रिय बजारमा आजका लागि सुनको मूल्य प्रतिऔंस २ हजार ६०५ दशमलव ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य भने बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ ७४ पैसा र विक्रीदर १३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
सोमवार अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ ७१ पैसा र विक्रीदर १३५ रुपैयाँ ३१ पैसा कायम भएको थियो ।
हालै सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनबाट पूर्वराष्ट्रपति समेत रहेका डोनाल्ड ट्रम्पको पुनरोदय भएपछि उनले आगामी दिनमा अवलम्बन गर्ने आर्थिक नीति तथा त्यसले विश्व अर्थ राजनीतिमा पार्ने प्रभावका कारण डलरको मूल्य बलियो हुने र सुनको मूल्य घट्ने अनुमान गरिएको थियो ।
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
राष्ट्र बैंकका अनुसार मंगलवारका लागि युरोपियन युरो एकको खरीददर १४३ रुपैयाँ ६५ पैसा र विक्रीदर १४४ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरीददर १७३ रुपैयाँ ५५ र विक्रीदर १७४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरीददर १५३ रुपैयाँ २४ पैसा र विक्रीदर १५३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरीददर ८८ रुपैयाँ ६७ पैसा र विक्रीदर ८९ रुपैयाँ ६ पैसा, क्यानेडियन डलर एकको खरीददर ९६ रुपैयाँ ७१ पैसा र विक्रीदर ९७ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरीददर एक रुपैयाँ १५ पैसा र विक्रीदर एक रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरीददर आठ रुपैयाँ ७७ पैसा र विक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरीददर १८ रुपैयाँ ७२ पैसा र विक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरीददर ३५ रुपैयाँ ८७ पैसा र विक्रीदर ३६ रुपैयाँ तीन पैसा, कतार रियाल एकको खरीददर ३६ रुपैयाँ ९७ पैसा र विक्रीदर ३५ रुपैयाँ १३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरीददर तीन रुपैयाँ ९२ पैसा र विक्रीदर तीन रुपैयाँ ९३ पैसा, युएई दिराम एकको खरीददर ३६ रुपैयाँ ६८ पैसा र विक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरीददर ३० रुपैयाँ ५५ पैसा र विक्रीदर ३० रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरीददर नौ रुपैयाँ ६४ पैसा र विक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरीददर १२ रुपैयाँ ३९ पैसा र विक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरीददर १९ रुपैयाँ २७ पैसा र विक्रीदर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरीददर १७ रुपैयाँ ३३ पैसा र विक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुबेती दिनार एकको खरीददर चार सय ३८ रुपैयाँ ५५ पैसा र विक्रीदर चार सय ४० रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरीददर तीन सय ५७ रुपैयाँ ५० पैसा र विक्रीदर तीन सय ५९ रुपैयाँ नौ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरीददर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।