बागलुङ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्त्वअन्तर्गत मालिका–५, पञ्चासेका शारीरिक रूपमा अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ । शनिवार महिलाको घरमै पुगेर उक्त ह्वीलचेयर वितरण गरिएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सृजना थापा, सञ्चालक रेशमलाल सापकोटा, पूर्वसञ्चालक कृष्णराज शर्मा, कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) शिवराम जोशी तथा स्थानीय समाजसेवी र बुद्धिजीवीहरूको उपस्थिति थियो ।
सो अवसरमा कामु सीईओ जोशीले संस्थाले हाल सदस्यको हितलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । यसैबीच, संस्थाले फागुन १० गते वार्षिक साधारणसभा गर्ने तयारी गरेको जानकारी गराइएको छ ।