काठमाडौं । दुई जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।
नुम्बुर हिमालय हाइड्रोपावर र युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् । नुम्बुर हिमालय हाइड्रोपावरले प्रिमियम मूल्य थपेर प्रतिकित्ता रू. २१० मा ३० लाख ६ हजार २०२ कित्ता आईपीओ निष्कासन गर्न सेबोनसँग स्वीकृति मागेको हो । विक्री प्रबन्धक एलएस क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।
त्यस्तै युनाइटेड मेवा खोला हाइड्रोपावरले अंकित मूल्यमा १ करोड २३ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनसँग स्वीकृति मागेको हो । विक्री प्रबन्धक सिटिजन क्यापिटल लिमिटेड रहेको छ ।