काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत सूचना जारी गर्दै गणपूरक संख्या नपुगेकाले सभा स्थगित गरिएको जानकारी दिएको हो ।
कम्पनीले अर्को सूचना जारी गरी पुन: सभा आह्वान गर्नेछ ।
कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ५ प्रतिशत लाभांश वितरण गर्ने लगायतका प्रस्ताव पारितका लागि गत बिहीवार साधारण सभा बोलाएको थियो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सभाले लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । स्वतन्त्र सञ्चालक नियुक्तिको प्रस्ताव पनि यसअघि तय भएकोमा पुनः बस्ने सभाले उक्त प्रस्तावलाई समेत अघि बढाउनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।