काठमाडौं । मंगलवार दुई लघुवित्त कम्पनीहरुले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र प्राथमिकतामा राखेर स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २९ हजार कित्ता र समता घरेलु लघुवित्त वित्तीय संस्थाले ५ हजार ७९० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन ।
स्वरोजगार लघुवित्तले विक्रीमा ल्याएको शेयरको मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकेको छ भने समता घरेलु लघुवित्तले शेयरमूल्य उल्लेख गरेको छैन् । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीहरुको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
समता घरेलु लघुवित्तको केन्द्रिय कार्यालय बनेपा–५, काभ्रेपलाञ्चोकमा रहेको छ भने समता घरेलु लघुवित्तको केन्द्रिय कार्यालय बनेपा–७, काभ्रेपलाञ्चोकमा रहेको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट यी कम्पनीको शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीहरुले दिएका छन् ।