काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष (आव)को दुई महीनामा रू. ७ अर्ब ८५ करोड ७० लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार यी कम्पनीहरूले कुल ४ लाख ७० हजार ५ सय १४ वटा बीमालेख विक्री गरी उक्त बीमा शुल्क संकलन गरेका हुन् ।
तीमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी रकम संकलन गरेको छ । यस कम्पनीले दुई महीना अवधिमा रू. १ अर्ब १ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको हो । यो सूचीमा दोस्रोमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले भदौ मसान्तसम्ममा रू. ८१ करोड ३३ लाख बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै शिखर इन्स्योरेन्सले रू. ७२ करोड ३४ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले रू. ६० करोड २३ लाख, नेको इन्सुरेन्सले रू. ५८ करोड ८९ लाख, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले रू. ५८ करोड १ लाख र राष्ट्रिय बीमा कम्पनीले रू. ५४ करोड ५३ लाख बीमा शुल्क आर्जन गरेको हो ।
लघु निर्जीवन बीमा कम्पनीहरूमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले भदौ मसान्तसम्ममा रू. ३ करोड १२ लाख बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले रू. २ करोड ८० लाख, ट्रष्ट माइक्रो इन्स्योरेन्सले रू. २ करोड ५८ लाख र स्टार माइक्रो इन्स्योरेन्सले रू. २ करोड ५२ लाख बीमा शुल्क आर्जन गरेका छन् ।
कुनको कति ?