काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २३औं वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ ।
सभा आर्मी अफिसर्स क्लब भद्रकालि काठमाडौंमा गर्ने बैंकले जनाएको छ । सभा बिहान १०ः३० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले एसबिएल ८ दशमलव २५ प्रतिशत अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृतीपश्चात जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पनि पारित गर्नेछ ।
सभाले संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।