काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले यही पुस २८ गते साधारण सभा बोलाएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङक्वेटमा छैटौं वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस वितरणपछि पूँजी वृद्धि हुने र सोसम्बन्धी व्यवस्था प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई जिम्मेवारीसमेत सभाले गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते एक दिन बुकक्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।