काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।
कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशअनुसार गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र कर तिर्न शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसअघि कम्पनीले शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।
संशोधित लाभांश पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभा ललितपुरस्थित लुभु पार्टी प्यालेसमा गर्ने कम्पनीले जनाएको छ । सभा बिहान ११ बजे शुरु हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।