काठमाडौं । नेपाली बजारमा मंगलवार (आज) पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा ३०० रुपैयाँले घटेको सुन आज प्रतितोला ७०० रुपैयाँले घटेको छ । पछिल्लो दुई दिनमा सुनको भाउ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ७४० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।