काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एभरेष्ट बैंक लिमिटेडको वितरणयोग्य नाफा २ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी कायम भएको छ ।
गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ४० करोड रुपैयाँभन्दा बढी थियो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले २१ प्रतिशतभन्दा बढी खुद नाफा गरेको हो ।
इम्पेयरमेन्ट चार्ज घटेकाले कम्पनीको खुद नाफा बढेको हो । गत वर्ष ४३ करोड २३ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज रकम यस वर्ष ३४ करोड ९५ लाख रुपैयाँभन्दा बढी मात्र रहेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म २ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
१२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम भने १३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रहेको छ । गत वर्ष शून्य दशमलव ७७ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ६६ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ६ पैसा र प्रतिशेयर नेटवर्थ भने २२५ रुपैयाँ ७९ पैसा छ ।