काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको नाफा माघ मसान्तको तुलनामा फागुन मसान्तमा ३५ दशमलव २६ प्रतिशत वृद्धि भएको छ । फण्डले माघ मसान्तमा रू. ६ करोड ३६ लाख नाफा कमाएकोमा फागुन महीनामा बढेर रू. ८ करोड ६१ लाख पुगेको छ । फागुन महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
माघ मसान्तमा फण्डको कुल आम्दानी रू. ७ करोड ९७ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. १० करोड ४३ लाख पुगेको छ । नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य न्याभ पनि बढेको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपेयाँ ६० पैसा रहेकोमा फागु्न मसान्तमा १० रुपैयाँ ७७ पैसा पुगेको हो ।
त्यस्तै फण्डले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ३ करोड भन्दा बढी लगानी गरेको छ । यो लगानी माघ मसान्तमा रू. १ अर्ब २ करोड भन्दा बढी थियो ।