काठमाडौं । एनआईबिएल म्यचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डले यस वर्षको लाभांश वितरण गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड कोष प्रवद्र्धक र एनआइएमबि एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले गत आर्थिक वर्ष ०८०÷८१ को मुनाफाबाट करसमेत ६ दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
असोज २२ गतेदेखि सम्बन्धित इकाईधनीहरूको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश जम्मा गरिएकाले आफ्नो खातामा नगद लाभांश जम्मा भए÷नभएको यकिन गर्नसमेत योजना व्यवस्थापकले आग्रह गरेको छ ।
नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि आफ्नो बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र गराई आफ्नो लाभांश पाउनसमेत योजना व्यवस्थापकले भनेको छ । साथै आफ्नो इकाई धितो बन्धक राखी कर्जा उपयोग गरेका इकाईधनीहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र बैंक खातामा जम्मा गरिने जानकारी योजना व्यवस्थापकले दिएको छ ।
बन्दमुखी प्रकृतिको यस योजनाले गत आर्थिक वर्षको अन्त्यसम्म २ करोड ४९ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो । यस योजनाले १३ करोड २० लाख इकाई जारी गरेको हो । गत असार मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ६४ पैसा रहेको थियो ।