काठमाडौं । एनएमबि बैंक र नेपाल हाईड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
नेपाल हाईड्रो डेभलोपरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि पुस २९ गते साधारण सभा बोलाइएको छ । सभा लिसरा रिसेप्सन्स नक्साल, काठमाडौंमा गर्ने जानकारी दिइएको छ ।
त्यसैगरी एनएमबि बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ दशमलव २५ प्रतिशत नगद लाभांश ( करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २५ गते साधारण सभा गर्ने जानकारी दिएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी दिएको छ ।