काठमाडौं। एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक बचत खाता योजना शुरू गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थालाई आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ । यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनामा मात्र प्रयोग गरिनेछ ।
सो खाताबाट ग्राहकले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित कर्जामा समेत विशेष छूट पाउने बताइएको छ । बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोली ग्राहकले जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमालो गर्न सक्नेछन् । एनएमबि बैंक पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताइएको छ । बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।