काठमाडौं। एनएमबी बैंकले अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)सँगको सहकार्य र युरोपियन युनियनको ‘एसीएसआईआईएस’ कार्यक्रमको सहयोगमा तीनदिने तालीम सञ्चालन गरेको छ । सो तालीम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय र एसएमई (सानो तथा मध्यम उद्यम) क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित रहेको बताइएको छ ।
नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालीमले बैंकिङ तथा व्यवसायमा ईएसजी (पर्यावरणीय, सामाजिक र सुशासन) अभ्यासलाई समाहित गर्न जोड दिएको बताइएको छ । यसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । आईएफसीका विशेषज्ञ र स्थानीय परामर्शदाताबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासबारे गहिरो ज्ञान हासिल गर्न एनएमबी बैंकका व्यावसायिक टोली, ई एण्ड एस तथा जोखिम अधिकृत तथा ग्राहक गरी ९० जना तालीममा सहभागी थिए ।