काठमाडौं। एनसेलले फाइभजी भिजनमा आधारित ‘सधैं अन’ प्लान सार्वजनिक गरेको छ । उक्त प्लानअनुसार ग्राहकले अनावश्यक रूपमा मोबाइलको ब्यालेन्स काटिने समस्या अन्त्य हुने कम्पनीको दाबी छ ।
योजनाअनुसार ग्राहकलाई आफ्नो ब्यालेन्स सकिने डरमा नपरी सधैं अन राखेर सशक्त बनाउन र डिजिटल भविष्यतिर डोर्याउनु उद्देश्य रहेको कम्पनीको भनाइ छ । ‘उपभोक्ताका आवश्यकता परिवर्तन हुँदै छन् र धेरै मोबाइल फोन प्रयोगकर्ताले आफ्ना दैनिक कार्यहरूजस्तै किनमेल, यात्रा बैंकिङ कारोबारलगायत कार्य अनलाइनबाटै गर्ने भएकाले उनीहरूलाई ‘सधैं अन’ अर्थात् अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मानक सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्याउनु योजनाको अवधारणा रहेको उनले बताए । उनले भने, ‘अहिले नेपालका मोबाइल सेवा प्रदायकका प्रयोगकर्ताले
इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकको जानकारीविना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोगबापत ब्यालेन्स काटिने समस्या छ । यही समस्यालाई एनसेलले समाधान गर्न चाहेको छ ।’
सधैं अनअन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ ओटा समूहमा ८ ओटा विभिन्न आकर्षक प्लान सञ्चालनमा ल्याएको बताइएको छ । यसमा २ दिनको समयसीमा रहेको ९८ रुपैयाँबाट शुरू हुने प्याकदेखि २८ दिन समयावधि रहेको १ हजार ४९९ रुपैयाँसम्मका विभिन्न प्लान छन् ।