काठमाडौं। एनसेलले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकले पठाएका वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी प्राप्त गर्न समस्या नभएको बताएको छ ।
एनसेलका कुनै पनि नम्बर रेन्जमा एप्लिकेशन टु पर्सन (एटुपी) म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या नभएको एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले जानकारी दिए । उनले भने, ‘हरेक वर्ष बढिरहेको एटुपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो, जसले हाम्रा ग्राहकहरू सधैं अन रहेको देखाउँछ,’ उनले भने, ‘शुरुआतमा ९७० रेन्जमा केही प्रारम्भिक समस्या देखिएका थिए । ती समस्या विभिन्न प्रमुख सेवा प्रदायकको दु्रत समझदारीका साथ समाधान गरिसकिएका छन् ।’
एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाइका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बर यस्ता जानकारी तथा सूचना प्राप्त गर्न योग्य रहेको बताइएको छ । साथै एनसेलले अन्य सर्ट–कोड सञ्चालक तथा सेवा प्रदायकलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ ।