काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम संस्थापकतर्फको ६० प्रतिशत शेयर स्वामित्वलाई ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत स्वामित्वलाई ४९ प्रतिशत कायम गर्न लागेको हो ।
कम्पनीले शेयर संरचना परिवर्तनसम्बन्धी प्रस्ताव १४औं वार्षिक साधारण सभाबाट पारित गराइसकेको छ ।
सोबमोजिम आफ्नो स्वामित्वको शेयर परिवर्तन गर्न नचाहने सदस्यहरूलाई आगामी ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन कम्पनीले आग्रह गरेको छ । तोकिएको अवधिभित्र शेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानुन बमोजिम सर्वसाधारण समूहमा संस्थापकतर्फको ९ प्रतिशत शेयर परिवर्तन गरिने जानकारी कम्पनीले दिएको छ ।
हाल यस कम्पनीको चुक्ता पूँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ छ ।