काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छूट गर्ने भएको छ । कम्पनीले सूचना जारी गर्दै २०८० साउन मसान्तसम्म बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरूमा ब्याज छूट गर्ने जानकारी गरेको हो ।
कम्पनीले २०८० भदौ १८ गतेदेखि असोज २३ गतेभित्र पुन:जागरण गराउने बीमितहरूलाई लाग्ने ब्याजमा मात्र छूट प्रदान गर्ने प्रष्ट पारेको छ । भदौ १८ गतेबाट परिपक्क हुन बाँकी ५ वर्षदेखि माथिको बीमालेखमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिको बीमालेखमा २५ प्रतिशत ब्याज छूट गरेको जानकारी कम्पनीले दिएको छ ।
२ वर्षभन्दा कम परिपक्क अवधि बाँकी भएको अवस्थामा भने छूट नदिइएको कम्पनीको भनाइ छ । २०७८ असार २३ गतेपश्चात एक पटक ब्याज छूट लिइसकेका बीमितहरूलाई पुनः ब्याज छूट नहुने कम्पनीको भनाइ छ ।