logo
एसईई परीक्षार्थीलाई २० रुपैयाँमा नेपाल टेलिकमका सिमकार्ड
एसईई परीक्षार्थीलाई २० रुपैयाँमा  नेपाल टेलिकमका सिमकार्ड
१४ चैत्र २०८१

काठमाडौं। नेपाल टेलिकमले २०८१ सालको एसईईमा सहभागी परीक्षार्थीका लागि ‘एसईई अफर २०८१’ ल्याएको छ । यसअन्तर्गत कम्पनीले एसईई दिएका परीक्षार्थीलाई रू. २० मा सिमकार्ड उपलब्ध गराउने बताइएको छ र त्यसमा ‘बोनस अन रिचार्ज’ पनि उपलब्ध हुने बताइएको छ । एसईई अफर तथा बोनस अन रिचार्ज चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुनेछ ।

सिमकार्ड ‘एक्टिभ’ गरिसकेपछि ३० दिनका लागि विभिन्न अफर उपलब्ध हुनेछन् । पहिलेदेखि नै टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफर उपभोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका परीक्षार्थीले सिमकार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध हुने ९ रुपैयाँ ८० पैसाबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । यसका अतिरिक्त ३० दिनसम्म प्रतिदिन टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस सेवा, १० ओटा अन–नेट एसएमएस र ५०० एमबी डाटा समेत अफरअन्तर्गत उपलब्ध हुनेछ ।

नयाँ सिम प्राप्त गर्न परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एक प्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.