काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ योजना सार्वजनीक गरेको छ । महिला उद्यमीलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय समुदायमा आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको बताइएको छ ।
यस योजनाले महिलालाई उद्यमी भई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । महिलाहरूले नेतृत्व गरेको कृषि, उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्राथमिकता दिई कर्जा प्रदान गर्ने बताइएको छ । यस योजनाअन्तर्गत आकर्षक सुविधासहित न्यूनतम ब्याजदरमा महिला उद्यमीलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्ने बताइएको छ ।
कम्तीमा ५० प्रतिशत स्वामित्व लिई आफ्ने नेतृत्वमा व्यवसाय सञ्चालन गर्दै आएका महिला व्यवसायी यस कर्जाका लागि योग्य हुनेछन् । यो कर्जा योजनाअन्तर्गत ‘ग्लोबल म उद्यमी कर्जा’ लिँदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ ।