काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार फण्डले साउन मसान्तको तुलनामा भदौमा सूचीकृत शेयरमा लगानी घटाएको छ । साउन मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब १५ करोड लगानी गरेकोमा भदौ मसान्तमा घटाएर रू. ९९ करोड ७५ लाखमा झारेको हो ।
त्यस्तै, फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) साउन मसान्तको तुलनामा भदौ मसान्तमा घटेको छ । साउनमा फण्डको न्याभ १३ रुपैयाँ ७३ पैसा रहेकोमा भदौ मसान्तमा घटेर ११ रुपैयाँ ९५ पैसामा झरेको छ ।
त्यसैगरी, फण्डले भदौ मसान्तसम्ममा रू. १४ करोड १० लाख नाफा कमाएको छ । यो नाफा साउन मसान्तको तुलनामा ५६ प्रतिशत कम हो । साउनमा फण्डले रू. ३२ करोड ४२ लाख नाफा कमाएको थियो ।
भदौमा फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । साउन मसान्तमा फण्डको जम्मा खर्च रू. २२ लाख ८१ हजार रहेकोमा भदौमा बढेर रू. ४१ लाख ८० हजार पुगेको छ । त्यस्तै फण्डको कुल आम्दानी साउन मसान्तमा रू. ३२ करोड ६५ लाख रहेकोमा भदौमा रू. १४ करोड ५१ लाखमा झरेको छ ।