काठमाडौं। एनएमबि बैंकले ‘ग्लोबल मनी विक २०२५’ अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमअन्तर्गत बैंकले आफ्ना विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा आयोजना गरिएका प्रभातफेरी कार्यक्रममा बैंकका विभिन्न शाखा सहभागी भएका थिए ।
बैंकले सामाजिक सञ्जालमार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको बताइएको छ । बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट तीन हजार जनाभन्दा बढी व्यक्ति प्रत्यक्षरूपमा लाभान्वित भएको बताइएको छ । बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।