काठमाडौं । ग्रीन भेन्चर्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३१ करोड ९० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीले १९० दशमलव ३८ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले १० करोड ९८ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी करीब ६४ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ९४ करोड २५ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले गत वर्ष १ अर्ब ५४ करोड ४५ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो ।
कम्पनीको वित्तीय खर्च करीब ४२ प्रतिशतभन्दा बढी अर्थात् ६४ करोड ३३ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ छ ।
अघिल्लो वर्ष ९ करोड ३५ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको रिटेन्ड अर्निङ यस वर्ष भने २२ करोड ५५ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।
दीर्घकालीन कर्जा ७ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा ४० करोड रुपैयाँभन्दा बढी छ ।