काठमाडौं। गरिमा क्यापिटल लिमिटेड स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रत्याभूतिकर्र्ता नियुक्त भएको छ । आइतवार आईपीओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको बताइएको छ ।
स्टार माइक्रोले १०० दरका २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने बताइएको छ । सम्झौतामा गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रोका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले हस्ताक्षर गरेका छन् ।
स्टार माइक्रोले २०७९ पुष १४ मा दर्ता भई २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएको छ । गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा निक्षेप सदस्य तथा धितोपत्र अण्डरराइटिङ सेवा प्रवाह गर्दै आएको छ ।