काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिमा हेरफेर भएको छ । हालै सम्पन्न सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा महेशप्रसाद काफ्ले र नगीमा श्रेष्ठलाई नियुक्त गरेको छ ।
त्यस्तै बैठकले कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंकको प्रतिनिधित्व गर्ने सञ्चालक यादवकुमार श्रेष्ठ र रमाकान्त बरालको राजीनामा स्वीकृत गरेको छ । साथै, उक्त ठाउँमा रामप्रसाद श्रेष्ठ र अनिल रेग्मीलाई सञ्चालक नियुक्त गरिएको छ ।
राजीनामा दिई स्वीकृत भएका सञ्चालककोे संस्थाको व्यावसायिक तथा बहुआयामिक उन्नयनमा महत्त्वपूर्ण तथा अतुलनीय योगदान रहेकोमा बैठकले उच्च मूल्यांकन गर्दै सम्मान गरेको छ । आगामी दिनमा समेत यस संस्थाप्रति निरन्तर सहयोग र सद्भावको अपेक्षा गरिएको छ ।