काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाले माघ महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले माघ मसान्तमा रू. ४० लाख ४९ हजार नाफा कमाएको छ । पुस मसान्तमा भने फण्ड रू. ५० लाख ४० हजार नोक्सानीमा थियो ।
माघ महीनामा फण्डले रू. १ करोड ३५ लाख आम्दानी गर्न सफल भएकाले नाफामा रहेको हो ।
फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि पुसको तुलनामा माघमा वृद्धि भएको छ । पुस मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ९६ पैसा रहेकोमा माघ मसान्तमा बढेर १० रुपैयाँ ३ पैसा पुगेको हो ।
माघ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ४० करोड १२ लाख लगानी गरेको थियो । पुस मसान्तमा भने फण्डले सूचीकृत शेयरमा रू. ४ करोड २९ लाख मात्रै लगानी गरेको थियो । यस आधारमा फण्डले पुसको तुलनामा माघ सूचीकृत शेयरमा लगानी बढाएको छ ।