काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत चैत ११ गते पारित २० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट चुक्तापूँजी रू. १२ करोड १७ लाख ८२ हजारको आधारमा कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कुल लाभांशमध्ये २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश रहेको थियो ।
पारित भएको करीब दुई महीनामा अर्थात् जेठ १ गते कम्पनीले बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई जेठ २ गते सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले लाभांश प्रयोजनका लागि चैत ३ गते एक दिन बुक क्लोज गरेको थियो ।
त्यसैका आधारमा चैत २ गतेसम्म कायम शेयरधनीहरूले लाभांश प्राप्त गरेका हुन् । गत वर्ष कम्पनीले कुल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । ३२ दशमलव ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७ प्रतिशत लाभांश गत वर्ष वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गरेको हो । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्