काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले २८औं वार्षिक साधारण सभा असार २१ गते गर्ने भएको छ । कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समिति बैठकले काठमाडौं, हात्तीसारस्थित कम्पनीको कार्यालयमा उक्त दिन बिहान ११ बजे सभा शुरु गर्ने जानकारी दिएको हो ।
कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १२ देखि २१ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ ।
यस बुक क्लोजको आधारमा असार २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।