काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुन: सरोज काजी तुलाधर नियुक्त भएका छन् ।
पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तुलाधरलाई आगामी माघ २ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा दोहोर्याउने निर्णय गरेको हो ।
सीईओ तुलाधारकाे पहिलो कार्यकाल आगामी माघ १ गते सकिँदैछ । उनी २०७६ माघ २ गतेदेखि ४ वर्षका लागि करार सेवामा सीईओमा नियुक्त भएका थिए ।