काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले यस वर्ष लाभांश नबाँड्ने भएको छ ।
जेठ १६ गते दिउँसो बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने मात्र निणर्य गरेको हो । कम्पनीले नेप्सेमार्फत सार्वजनिक गरेको सूचनामा यस वर्ष लाभांश वितरण नगर्ने निणर्य भएको जानकारी दिएको हो ।
विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाउन लागेको हो । कम्पनीले गत वर्ष ९ दशमलव १ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ९ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ९४ करोड ६१ लख १५ हजार रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य जेठ १६ गते प्रतिकित्ता रू. ४४१ कायम भएको छ । यस दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १९ ले घटेको हो ।